९ वैशाख, काठमाडौं । विहीबारदेखि काठमाडौंमा एफअाईए स्पोर्टस् रिजनल कङ्ग्रेस हुने भएको छ । एफअाईए अर्थात् फेडेरेसन इन्टरनेशनल डे ल अटोमोवाइलको आयोजना तथा नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन (नासा) को व्यवस्थानमा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन हुन लागेको हो । नासाले वुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर विहीबार र शुक्रबार दुई दिनसम्म अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन हुन लागेको जानकारी दिएको छ । सम्मेलनमा चौध देशको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।
सम्मेलनमा जेनेभामा रहेको अाईएएफएको प्रशासन कार्यालय तथा पेरिसमा रहेको मुख्यालयबाट उच्च तहका पदाधिकारी सहभागी हुने जनाइएको छ । अाईएफए अध्यक्ष जिन टोड तथा ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल येओह विशेष अतिथि रहने सम्मेलनमा ४५ जना सहभागित रहने समेत वुधबारको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एभरेष्ट होटलमा विहीबार उद्घाटन हुने सम्मेलनमा सडक सुरक्षा राष्ट्रिय अवार्डको वितरण गरिने भएको छ । त्यस्तै नेपालमा पहिलो मोटर ल्याउँदा भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने जीवित व्यक्ति तथा नेपालमा पहिलो सवारी चालक अनुमति पत्र लिन महिला चालकलाई समेत सम्मान गरिने आयोजक नासाका संचार संयोजक मेघराज पौडेलले जानकारी दिए ।
सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा मोटर स्पोर्टस्को विकास तथा प्रबद्र्धनका बारेमा सम्मेलनमा छलफल हुने जनाइएको छ ।
सम्मेलनको व्यवस्थापक नासा राष्ट्रिय खेलकुद परिषद्मा ७० औं नम्बरमा दर्ता भएको संघ हो ।













