२६ चैत, काठमाडौं । विश्वको एक मात्र ठूलो डमरु बुढानिकण्ठ महोत्सवमा राखिएको छ । काठमाडौं नागार्जुन नगरपालिका ९ रामकोटमा निर्माण गरिएको १२ फिट लम्बाई, ८ फिट अग्लो उक्त डमरु दर्शनका लागि महोत्सवमा राखिएको हो । 
आरध्यदेव महादेव शिवको मनपर्ने बाजाको रुपमा रहेको डमरुलाई स्वामी शिवानन्दको एकल पहलमा निर्माण गरिएकोे लगभग ७ सय केजीको डमरुलाई रुद्रेश्वर टोलसुधार समिति र निर्माणकर्ता शिवानन्द गुरुको पहलमा महोत्सवमा राखिएको हो ।
“हाम्रो बुढानीलकण्ठ राम्रो बुढानीलकण्ठ जाँउ है बुढानीलकण्ठ” भन्ने नाराका साथ बाजागाजा, विभिन्न झाँकीसहित आजबाट सुरु भएको बुढानीलकण्ठ महोत्सवको ¥यालीसम्ममा ल्याईएको डमरुलाई बुढानिलकण्ठ मन्दिरका संरक्षक निगमानन्द सन्त जी महाराजले विधिपूर्वक पूजा आज गरी र्यालीमा सहभागी गराएका थिए ।
बुढानिकण्ठ महोत्वसमा पुर्याइएको डमरुलाई ५० जना सशस्त्र प्रहरीको सहयोगमा महोत्सवमा हिन्दू परम्पराअनुसार पूजापाठ र हवन गरी राष्ट्र शान्ति र विश्व शान्तिको कामना गर्दै दर्शनका लागि राखिएको थियो ।
महोत्सव आयोजना समितिका अध्यक्ष जयराम थापाले महोत्वस गर्नुको मुख्य उद्देश्य बुढानिलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचिमा सुचिकृत गराउने रहेको जानकारी दिनुभयो ।
धार्मिक गुरु स्वामी शिवानन्दले विश्वकै जेठो धर्म हिन्दुधर्म, सस्कृति र संस्कारलाई जिवित राख्न आपूmले देवादीदेव महादेव शिवको मनपर्ने बाजा डमरु बनाएको बताउनुभयो । उहाँले शिवको रक्षक त्रिशुल र कमण्डलु पनि निर्माणको काम भैरहेको जानकारी दिनुभयो ।
महोत्वसमा स्थानीय स्तरमा पाईने ठेकीको मोही, ओखलको चिउरा, च्याउको मःमः, प्राङ्गारिक तरकारी, प्राङगारिक चिया खुवाउने व्यवस्था मिलाइएको र महोत्सव वैसाख एकमा सकिने बुढानिकण्ठका पूर्व सदस्य सचिव बालकृष्ण श्रेष्ठले जानकारी दिए ।












