२३ चैत, काठमाडौं । ३० दलीय मोर्चाले मंगलबारदेखि गर्ने आम हड्तालको पूर्वसन्ध्यामा सोमबार साँझ मसाल जुलुस गरेको छ । ३० दलीय मोर्चाले सोमवार साँझ काठमाडौंका विभिन्न स्थानबाट मसाल जुलुस निकालेको हो ।
मसाल जुलुसमा ३० दलीय मोर्चाका कार्यकर्ताहरुले बाक्लो संख्यामा रहेका प्रहरीहरु झुक्याउँदै मसाल जुलुस निकाल्न सफल भएका थिए ।

विजुली बजारको पुलबाट निकालेको मसाल जुलुसलाई प्रहरीले केही पर पुगेपछि मसाल खोसेर निभाएको थियो । ३० दलिय मोर्चाका कार्यकर्ताहरुले सरकारविरुद्ध नारावाजी समेत गरेका थिए ।
त्यस्तै कार्यकर्ताहरुले भोलिको बन्द सफल पार्न आम समुदायलाई आग्रह समेत गरेका थिए ।












