२० चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहनु भएका विश्व बुद्धिचाल महासंघका अध्यक्ष तथा गणतन्त्र काल्मिकियाका पूर्वराष्ट्रपति किसन निकोलायेभिच इल्यूमझिनोभले आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।
भेटका अवसरमा बुद्धिचाल खेलको विकासका बारेमा कुराकानी भएको थियो ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण समेत गरेका विश्व बुद्धिचाल महासंघका अध्यक्ष इल्युमझिनोभले नेपालमा हरेक बर्ष गौतम बुद्ध अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता गर्ने योजना रहेको बताए ।
उनले नेपालका बुद्धिचाल खेलाडीलाई रुसमा बुद्धिचाल विषयमा अध्ययन गर्न छात्रवृत्ति पनि प्रदान गरिने बताउनु भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले यस्ता अन्तराष्ट्रिय स्तरका प्रतियोगिता हुन सके नेपालमा खेल पर्यटन फस्टाउने बताए । भेटमा रुसका राजदूत र नेपाल बुद्धिचाल संघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।













