१६ चैत, काठमाडौं । राष्ट्र गानका संगीतकार अम्बर गुरुङले सोमबार पुनः आफ्नो स्वास्थ्य परीक्षण गरएका छन् । करिब एक महिनासम्म ग्राण्डी अस्पतालमा आवासीय उपचार गरेर चैत्र २ गते घर फर्किएका गुरुङले सोमबार फ्लोप अप जाँच गराएका हुन् । उनी स्वास्थ्य परीक्षणका लागि ग्राण्डीमा पुगेका थिए । सोमबार गुरुङ निकै फुर्तिलो र स्वस्थ देखिएका थिए । गुरुङको स्वास्थ्यमा राम्रो सुधार भएको ग्राण्डी अस्पतालले जानकारी दिएको छ ।
उनलाई ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका बरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर चक्रराज पाण्डेले स्वागत गरेका थिए । डाक्टर पाण्डे सँगको भेटमा गुरुङले आफ्नो हस्ताक्षर सहितको गीति संग्रह र पुस्तक उपहार समेत दिएका थिए ।
पार्किन्सन्स र मधुमेह बाट पीडित गुरुङ गत फाल्गुण ७ गते घरमा अचानक लडेर अचेत भएपछि ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पुर्याइएको थियो ।
गुरुङ २७ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी गुरुङ घर फर्किएका थिए । उनको उपचारमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे, बरिष्ठ न्यूरो फिजिसियन डाक्टर राजु पौडेल र बरिष्ठ न्यूरो सर्जन डाक्टर अमित थापा, स्पिच थेरापिष्ट धर्म डंगोल, फिजियो थेरापिष्ट राजेश श्रेष्ठ लगायतको टोली संलग्न रहेको थियो ।











