आईसीसी विश्व कप २०१५ को सेमीफाइनलमा खेल्ने चारै टीमको नाम चयन भईसकेको छ । भारत, ऑस्ट्रेलिया, न्यूजीलैंड र दक्षिण अफ्रीकाको टीम अंतिम चार मा पुग्न सफल रहेका छन ।
शनिवार वेलिंग्टन मा चौथे क्वार्टर फाइनलको मैचमा न्यूजील्याण्डद्धारा वेस्टइंडीज १४३ रन ले पराजित भएपछि सेमीफाइनलमा पुग्ने अंतिम टीम को नाम तय भएको हो ।
२४ मार्च मा न्यूजीलैंड र दक्षिण अफ्रीका भिड्दै
न्यूजीलैंड अब २४ मार्च मा ऑकलैंड मा दक्षिण अफ्रीका संग भिड्दै छ । कीवी टीमले अहिले सम्म यस विश्वकप मा ऑस्ट्रेलिया गएको छैन तर सेमीफाइनल जीतन उसलाई फाइनल खेलन का लागि मेलबर्न जाना पर्छ । दक्षिण अफ्रीका ले पहिलो क्वार्टर फाइनल मैच मा श्रीलंका लाई नौ विकेट ले हराएको थियो । न्यूजीलैंडको टीम चौथो पटक सेमीफाइनल मा पुगेको छ ।
२६ मार्च मा भारत, ऑस्ट्रेलिया संग भिड्ने छ ।
यसै गरि, डिफेन्डिङ्ग चैंपियन भारत ले बांग्लादेश लाई १०९ रन ले हराएर लगातार दोश्रो पटक सेमीफाइनल मा आफनो स्थान पक्का गरेको छ । भारत ले २०११ वल्र्ड कपमा श्रीलंका लाई हराएर दोश्रो पटक वल्र्ड कप जीतेको थियो ।
अर्को तर्फ ऑस्ट्रेलियाले तेश्रो क्वार्टर फाइनल मैच, पाकिस्तान लाई ६ विकेट ले हराएको थियो । सेमीफाइनल मा अब भारत संग भिड़दै छ र यो म्याच २६ मार्च मा सिडनी मा खेलिने छ ।
फाइनल म्याच मेलबर्न क्रिकेट मैदान मा २९ मार्च मा हुनेछ।













