काठमाडौं, ५ चैत्र । साविक विजेता भारत एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियाको मे
लबर्नमा विहीबार भएको दोस्रो क्वार्टरफाइनलमा बंगलादेशलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि भारतले दिएको ३ सय ३ रनको चुनौती पछ्याएको बंगलादेश ४५ ओभरमा १ सय ९३ रनमै समेटिएपछि भारतले सहज जित निकाल्यो ।
बंगलादेशका लागि नासिर हसन ३५ तथा सव्बिर रहमानले ३० रन जोडे । बंगलादेशलाई सस्तैमा समेट्न भारतका उमेश यादव एक्लैले ४ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाँउदै ३ सय २ रनको योगफल तयार पारेको थियो । भारतका सुरुआती ब्याट्सम्यान रोहित शर्माले १ सय ३७ रन जोडे भने सुरेश रैनाले ६५ रनको योगदान दिए । जारी विश्वकपमा समूह चरणका सबै खेल जितेको भारत उत्कृष्ट लयमा छ ।













