२ चैत, काठमाडौं / घरैमा लडेपछि २७ दिनअघि उपचारका अस्पताल भर्ना भएका सङ्गीतकार अम्बर गुरुङ सन्चो भएर घर फर्केका छन् ।
घरैमा लडेर बेहोस भएपछि उनी काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । उनी लामो उपचारपछि सोमबार राति ग्राण्डीबाट ‘डिस्चार्ज’ भई आफ्नो घर बुढानिलकण्ठ फर्केका हुन् ।
उनको स्वास्थ्यमा राम्रो सुधार भएपछि अस्पातलले डिस्चार्ज दिएको हो । अस्तापलले गुरुङलार्इ घरमा पनि एक्लै नछाडि निगरानी गरिरहन परिवारजनलार्इ भनेको छ।
राष्ट्रियगानका संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्रथम उपकुलपति गुरुङको
उपचारमा लागेको खर्च सरकारले ब्यहोर्ने निर्णय गरी सकेको छ।
पार्किन्सनबाट पीडित गुरुङ गत फागुन ७ गते अचानक घरमै लडेपछि अस्पताल भर्ना गरिएको थियो। लड्दा उनको टाउकोमा चोट लागेपछि ग्रान्डीमा उनको टाउकोको समेत स्वास्थ्य परीक्षण गरिएको थियो।
टाउकोमा लागेको चोटको परीक्षण तथा उपचार ग्रान्डीका न्युरोसर्जन डा।अमित थापाले गरेका थिए। लामो समयदेखि रहेको पार्किन्सनको उपचार ग्रान्डीकै डा। राजु पौडेलले गरेका थिए। चिकित्सकहरुले उनलार्इ नियमित स्वास्थ्य जाँच गरिरहनुपर्ने सुझाव दिएका छन्।











