चैत्र २, काठमाडौं । मलेसियामा दुई जहाज आकाशमै ठोक्किएर दुर्घटना भएको छ । इन्डोनेसियन टोलीका दुई जहाजका पंखा आपसमा जुध्दा दुर्घटना भएको मलेसियाका सैनिक अधिकारीहरुले जानकारी दिएका छन् ।
मलेसियामा भइरहेको एक एअर सो अभ्यासका क्रममा उक्त दुर्घटना भएको हो । विमान अनियन्त्रित हुनासाथ पाइलटले प्यारासुटको मद्दतले हाम्फालेर ज्यान जोगाएका थिए । दुर्घटना भएको विमान खस्दा एक घर र कारमा आगो लागेको छ ।
घटनामा परेका ४ जना पाइलटलाई लंकाबीस्थित एक अस्पतालमा भर्ना गरिएको छ ।
लंकाबीमा मंगलबारदेखि हुने अन्तर्राष्ट्रिय एअरोस्पेस प्रदर्शनीमा भाग लिन गएकाहरु नै दुर्घटनामा परेका हुन् । (एजेन्सी)












