
२०१५ विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराएसँगै भारतीय कप्तान महेन्द्र सिंह धोनीले लगातार ९ खेल जितेर नयाँ रेकर्ड बनाएका छन् ।
उनले पूर्व कप्तान सौरभ गंगुलीको नाममा रहेको कीर्तिमान तोडेका हुन् । गांगुलीको कप्तानीमा भारतले लगातार ८ खेल जितेको थियो ।
धोनीको कप्तानीमा भारतले २०११ मा चेन्नईमा वेष्टइण्डिजलाई हराएर जितको सिलसिला सुरु गरेको थियो । त्यसपछि लगातार चार खेल जितेर भारत च्याम्पियन बन्यो ।
यो विश्वकपमा भारतले लगातार पाँच जित हात पारेको छ र सबै खेलमा धोनी कप्तान रहेका छन् ।
यसअघि गांगुलीको कप्तानीमा २००३ मा दक्षिण अफि्रकामा भएको विश्वकपमा भारतले लगातार ८ खेल जितेको थियो । उक्त संस्करणमा भारत उपविजेता बनेको थियो ।













