
विश्वकप क्रिकेट २०१५ मा श्रीलंकाका लेजेन्ड ब्याट्म्यान कुमार सांगाकाराले लगातार चौथो सतकको कीर्तिमान राखेका छन् । अष्ट्रेलियाको होर्बाटमा एसोसियट टिम स्कटल्याण्डबिरुद्ध केबल ८६ बलमै सतक पुरा गर्दै उनले जारी विश्वकपमा आफ्नो चौथो सतक पुरा गरेका हुन् । उनी स्कटल्याण्डबिरुद्ध १२४ रनको ब्यक्तिगत स्कोरमा विकेट किपरद्धारा कयाच आउट भए ।
यसअघि आइतबार अष्ट्रेलियाबिरुद्ध खेल्दा उनी विश्वकपमा लगातार ३ सतक बनाउने पहिलो खेलाडि बनेका थिए ।
आजको सतकसँगै विश्वकपमा सबार्धिक सतक बनाउने उनी दोस्रो खेलाडि बनेका छन् । उनले आजको सतकसमेत गर्दा विश्वकपमा ५ सतक बनाइसकेका छन् । विश्वकपमा सबैभन्दा धेरै सतकको कीर्तिमान भने भारतीय ब्याट्म्यान सचिन तेन्दुलकरको नाममा छ । उनले विश्वकपमा ६ सतक प्रहार गरेका छन् ।
एकदिवसीय क्रिकेटमा तगातार ४ सतक बनाउने उनी पहिलो खेलाडि बनेका छन् । यसअघि कुनै पनि ब्याट्म्यानहरुले लगातार ४ इनिङमा ४ सतक बनाउन सकेका थिएनन् ।
जारी विश्वकपमा उनले बंगलादेश , इंग्ल्याण्डविरुद्ध र अष्ट्रेलियाबिरुद्ध शतक बनाएका थिए । बंगलदेशविरुद्ध अविजित १०५ रन बनाएका उनले इंग्ल्याण्डविरुद्ध अविजित ११७ रन बनाए भने अष्ट्रेलियबिरुद्ध १०४ बनाएका थिए ।













