
पाल्पा महोत्सवमा रु चार करोडभन्दा बढीको आर्थिक कारोबार भएको छ ।
फागुन ५ गते सदरमुकाम तानसेनमा शुक्रबारदेखि महोत्सव सञ्चालन भएको थियो । महोत्सवमा तीनवटा मोटरसाइकल, दुईवटा डोजर र ट्र्याक्टरलगायतका कारोबारबाट रु चार करोडभन्दा बढीेको व्यापार भएको पाल्पा उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको चौथो दिन सोमबारसम्म रु ४५ हजारको टिकट बिक्री भइसकेको प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले जानकारी दिनु भएको थियो ।
हिमाली चौँरीगाई, माछापालन नमुना व्यवसाय, सानो चिडियाखाना, च्याउखेती र कुडुले घरको फोटो प्रस्तुतिले महोत्सव अवलोकनकर्तालाई आकर्षित गरेको संयोजक घिमिरेले बताउनु भएको थियो । रासस













