
न्यूजिल्याण्ड ८ विकेटले विजयी, टिम साउथीले लिए ७ विकेट
८ फागुन, काठमाडौं । टिम साउथीको कसिलो बलिङको मद्दतमा विश्वकप क्रिकेटमा इङ्ग्ल्याण्डलाई न्यूजिल्याण्डले ८ विकेटले पराजित गरेको छ । १ सय २४ रनको झिनो लक्ष्य न्युजिल्याण्डले मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।
न्युजिल्याण्डका ब्रेन्डम म्याकुलमले सर्बाधिक ७७ र मार्टिन गुप्टिलले २१ रन बनाए । केम विलियम्सनले नटआउट ९ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्याण्ड ३३ ओभर २ बलमा १२३ रनमा समेटिएको थियो । इङ्ग्ल्याण्डलाई सस्तैमा समेट्न टिम साउदीले सर्बाधिक ३३ रन दिएर ७ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए ।
न्युजिल्याण्डको कसिलो बलिङ सामू इङ्ग्ल्याण्डका खेलाडी निरीह देखिए । जोय रुटले ४६ रन बनाउनु बाहेक अरु चल्न सकेनन् ।
जारी विश्वकपमा सुखद प्रदर्शन गर्दै आएको न्युजिल्याण्डले अब अष्ट्रेलियाको सामना गर्ने छ ।













