२१ असार, नेपालगंज । आइतबारबाट नेपालगंजको होटल किचन हटमा शुरु भएको नेपालगंज फोटो फेस्टिबल मंगलबार फोटो बैंकको शुरुवात गर्दै समापन भएको छ । नेपाली कांंग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाका पुराना तस्वीरहरुलाई डिजिटलाइज गरी त्यसलाई आर्काइभ गरिएको थियो । पुराना तस्वीर र अन्य क्रियाशिल फोटोग्राफर तथा पत्रकारहरुले खिचेका तस्वीरहरु संकलन गरी सुरक्षित रुपमा आर्काइभ गरिने अन्तरालका कार्यकारी जयनारायण शाहले जानकारी दिए । उनले संरक्षण गरिएका तस्वीरहरुको प्रतिलिपि अधिकार सम्बधित व्यक्तिकै हुने पनि उनले बताए । इतिहास बोकेका तस्वीरहरुको संरक्षण घरमा गर्न कठिन हुने हुँदा यसरी बैंकमार्फत संरक्षण गर्नु एउटा ऐतिहासिक कार्य भएको र यसले भावी पुस्तालाई देखाउने महत्त्वपूर्ण दस्तावेजको संरक्षण हुने कार्यक्रमका प्रमुख अतिथि बाँके कांग्रेसकी सभापति किरण कोइरालाले बताइन् ।
उल्लेखित दर्शकको सहभागी भएको यस फेष्टिबलको अन्तिम दिन फोटो प्रतियोगिताको बिजेतालाई पुरस्कार बितरण गरिएको थियो । मध्य पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपालको प्रमुख अतिथ्यमा गरिएको पुुरस्कार वितरण समारोहमा सर्वोत्कृष्ठ वर्ष तस्वीरको पुरस्कार विजेता रुकुमका मैत्य घर्तीमगरलाई प्रदान गरे ।
पुरस्कारका राशी १५ हजार रहेको छ भने विधागत पुरस्कार ५ हजार रहेको छ । यसै अवसरमा अन्तरालले भूमी भण्डारीलाई अन्तराल विषेश अवार्डबाट सम्मानित गरेको थियो ।
कार्यक्रममा एएसपीहरु धिरु बस्नेत , दानसिह बोहरा , राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनाली, नमस्ते नेपाल यातायात व्यवसायी संघका कार्यवाहक अध्यक्ष गोबवन्द पौडेल , क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष भिम ओली , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे , वरिष्ठ पत्रकार पूर्णलाल चुके र निरज गौतमले अन्य विधाका विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

अन्तरालद्वारा आयोजित तथा फोटो पत्रकार क्लबको सहकार्यमा भएको मध्य तथा सूदुरपश्चिमाञ्चल क्षेत्रको , पर्यटन, दैनिक जनजीवन, समाचार , खेलकुद तथा प्रकृतिका फोटो प्रतियोगिताबाट उकृष्ठ छानिएका १०५ फोटोहरु प्रदर्शनी भएको थियो भने यसै अन्तर्गत गरिएको फोटोपत्रकारिता आधारभूत तालिममा २५ जनाको सहभागिता रहेको थियो ।














