२१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चार वर्षअघि गोली हानी व्यवसायी लुट्ने घटनाका मुख्य योजनाकारलाई आममाफी दिएकी छिन् । मन्त्रीपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले अर्घाखाँची गोलीकाण्डका मुख्य योजनाकार रुद्रप्रसाद पराजुलीलाई आममाफी दिएकी हुन् ।
प्रहरी रेर्कडअनुसार अर्घाखाँचीको सन्धिखर्कका सुन व्यापारी ताराबहादुर सुनारलाई पराजुली सहितको समूहले लुटपाटका लागि हत्या गर्ने उद्देश्यले गोली प्रहार गरेको उल्लेख छ। प्रहरीका अनुसार २०६९ फागुन ९ गते सुनारलाई आफ्नै मोटरसाइकलमा राखेर बुटवलतर्फ गइरहेका पराजुलीले पूर्व योजना अनुसार नरपानी जंगलमा उनका सहयोगीमार्फत गोली प्रहार गर्न लगाएका थिए।












