१८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीका उखानटुक्काले देश नचल्ने बताएका छन्।प्रधानम्न्त्री ओलीले गफ हान्ने र उखान टुक्का भन्ने बाहेक केही काम नगरेको आरोप लगाएका हुन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९३ औँ जन्मोत्सवको अवसरमा शनिबार बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भूकम्पपीडितका लागि सरकारले दुई वर्षा बित्दा समेत केही गर्न नगरेको आरोप लगाए।
देउवाले सरकारले नै स्थानीय निकायको निर्वाचन गराउन नचाहेको आरोप समेत लगाए। चुनावको घोषणा गरेको सरकारले आवश्यक तयारी भने नगरेकोप्रति आपत्ति जनाए। देउवाले भने, ‘मंसिरमा स्थानीय निकायको चुनाव गर्ने घोषणा यही सरकार गर्छ तर चुनावको तयारीमा भने सरकारले कुनै काम गरेको छैन।ु
फागुनमा पुनरसंचरना आयोगको प्रतिवेदन आउने भएपछि मंसिरमा कसरी स्थानीय निकायको चुनाव हुन्छ भन्ने देउवाको प्रश्न थियो।
देउवाले स्थानीय, प्रदेश, केन्द्र र राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने आवश्यकता भए पनि यही गतिमा निर्वाचन हुन नसक्ने ठोकुवा गरे। उनले कांग्रेसलाई देखाएर एमाले निर्वाचनबाट भाग्न खोजेको आरोप समेत लगाए।
कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले भूकम्पपीडितको पीडा अनुभव गर्न एकदिन त्रिपालमा रात कटाउन प्रधानमन्त्रीलाई आग्रह गरिन्। उनले भनिन् -‘कुराले मात्रै जनताको समस्या समाधान हुँदैन प्रधानमन्त्रीज्यू दु:ख अनुभव गर्न तपाईं आफूले त्रिपालमा रात गुजारेर हेर्नुहोस् ।’













