१८ असार, काठमाडौं । १३ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या गरेर भारतीमा फ्याँकिएको अवस्थामा शव फेला परेको छ । विहीबारदेखि हराइरहेकी ती बालिकाको शव नेपाल भारत सीमानजिकै शुक्रबार साँझ भारतीय प्रहरीले फेला पारेको हो ।
औरहवा गाउँनजिकैको दशगजा नजिकै दशगजा क्षेत्रमा बालिकाको शव भेटिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ । पहिचान नखुलाइएकी बालिकाको हत्यापहिले बलात्कार भएको भन्दै हत्याराको खोजी भएको एसपी भरतसिंह यादले जानकारी दिएका छन् । प्रहरीमा ज्यानमुद्दा दर्ता गरी हत्याराको खोजी भैरहेको प्रहरीले जनाएको छ ।











