१६ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा विहीबार आतंकवादी हमला भएको छ । हमलामा ४० जना मारिएको समाचारमा जनाइएको छ । मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् ।
सुरक्षाकर्मी सवार गाडीमा आत्मघाती हमला भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । हमलाको जिम्मा तालिवानले जिम्मा लिएको छ । तालिवानले गत हप्ता मात्रै काबुलमा गरेको हमलामा १३ नेपाली र दुई भारतीयको ज्यान गएको थियो ।












