१३, असार, काठमाडौं । आउँदो साता देशैभर भारी वर्षासँगै यहाँका नदीमा बाढी आउन सक्ने पूर्वानुमान ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ ले गरेको छ । धनजनबाट क्षति हुनबाट बच्नका लागि पूर्वसतर्कताका लागि मोडेलले यस्तो पूर्वजानकारी गराएको हो । कोशी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्यमुख्य नदीमा आउन सक्ने बाढीको अनुगमन गर्दै सर्वसाधारणलाई सतर्क गराउँदै आएको छ ।
मोडेलको भविष्यवाणीपछि विभागले सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिने काम थालेको छ । ‘ग्लोबल हाइड्रोलोलिजकल मोडेलहरुले घनघोर वर्षापछि बाढीको आंकलन गरेकाले हामीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएका छौं,’ शाखाका बाढी भविष्यवाणी विज्ञ विनोद पराजुलीले भने, ‘सकेसम्म सर्वसाधारण सचेत होऊन् र धनजनको क्षति नहोस भन्नेतर्फ हामीले काम गरिरहेका छौं ।












