१० असार, काठमाडौं । सुनको मूल्य घट्दा सुन व्यापारीसँग सुन किन्नै पाइँदैन । एक हप्तापहिलेसम्म यस्तै अवस्था थियो नेपालमा । तर युरोपेली संघबाट वेलायत छुट्टिने निहुँमै एकै दिन तोलामा तीन हजार रुपैयाँले सुनको मूल्य बढेको छ नेपालमा । वेलायत युरोपेली संघमा रहेको भनिए पनि ऊ कहिले सँगै थियो र ? उसको आफ्नै मुद्रा थियो र युरोपको भिसा पाएका व्यक्तिहरु वेलायत जान पाउँदैनथे । मात्रै उसले युनियनलाई दिने अनुदान रकममा मात्र कटौति भएको हो । यसमा सुनको मूल्य बढ्नु पर्ने कुनै कारण नै छैन । यो त सुन तस्करहरुले व्यापार गर्नका लागि रचेको हौवा मात्रै हो । सुनको मूल्य तत्कालै घट्ने विश्लेषकहरु बताउँछन् । सुन तस्करहरुले तीन हजार बढाए पनि उल्टै दई हजार रुपैयाँले सुनको मूल्य नेपालमा कमी आउने एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
नेपाली बजारमा यसअघि २०६८ साउन २३ गते सुनको भाउ १९ सय रुपैयाँले बढेको थियो ।
सुनको मूल्य बढेको खबरले सुन बेच्नका लागि भने मानिसको ताँती लाग्यो तर किन्ने मान्छे भने आएनन् । सुन व्यापारीले त झन मूल्य बढेको समयमा किन्ने कुरै भएन । त्यसैले शुक्रबार नेपाली बजारमा सुनको कारोबारमा मन्दी आयो । उपभोक्ताले ठीक गरे । उनीहरुले अझै केही दिन पर्खेमा धेरै सस्तोमा सुन पाउने सम्भावना छ ।
महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उचारचढाबकै अवस्थामा रहेकाले सबै व्यवसायी पर्ख र हेरको अवस्थामा छन् ।
शुक्रबार होलसेल बिक्रेताले समेत सुन दिएनन् । होलसेलले सुन नदिएपछि त्यस्को प्रत्यक्ष असर गहना पसललार्इ पर्यो ।
सुनचाँदी व्यवसायी महासंघले शुक्रबार नै व्यवसायीलार्इ केही दिन अन्तर्राष्ट्रिय बजारलार्इ हेरेर मात्रै कारोबार गर्न सचेत गराएको छ ।
सोमबारसम्म सुनको कारोबारको अवस्था सामान्य अवस्थामा आउने महासंघको अनुमान छ ।
यतिबेला सुनको व्यापारको सिजन पनि छैन । सुनको कारोबार घटेका बेला अन्तर्राष्ट्रिय बजारको मूल्यले व्यवसायीहरु भने थप संकटमा परेका छन् ।
युरोपेली संघबाट वेलायत अलग्गिने नतिजा शुक्रबार आएपछि विश्वभर नै सुनको मूल्य बढेको छ । जनमत संग्रहको नतिजा आएपछि सुनको मूल्य प्रति औंस ५९ डलर बढेर १३ सय १५ डलर पुगिसकेको छ । बढ्नेक्रमले निरन्तरता पनि पाइरहेको छ ।
संघबाट वेलायत अलग हुने भएसँगै सुरक्षित सम्पतिका रुपमा सुनको माग वढेका कारण मूल्य उक्लिएको विश्लेषण गरिएको छ । पाउन्ड ३१ वर्ष वर्षयताकै सर्वाधिक कमजोर भएको छ भने डलरको माथि उक्लिएको छ ।
यी घटनाक्रमका आधारमा नेपालले तत्काल सुन किन्नुभन्दा डलरमा लगानी गर्न उचित देखिएको छ । अहिले सुन किन्नुभन्दा एक हप्तापछि धेरै सस्तोमा सुन किन्नका लागि बरु रकम संकलत गर्नेतिर लाग्ने हो कि












