१० असार, काठमाडौं । दशकौंसम्म स्थानीय निकायको निर्वाचन नगरेर राज्य पक्षले लोकतन्त्र र राष्ट्रप्रति नै घात गरेको आरोप सरोकारवालाहरुले लगाएका छन् ।
राष्ट्रिय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा सरोकारवालाहरुले लामो समयसम्म स्थानीय निकायको निर्वाचन नगरेर जनतालाई धोका दिएको बताएका हुन् । सरकारले तत्काल स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरे पनि अझै त्यसको तयारी नगरेकोमा उनीहरुले आपत्ति समेत जनाएका थिए ।
कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारले स्थानीय निकायको निर्वाचन मंसिरमा गर्ने भने पनि मिति नतोकेकाले निर्वाचन हुनेमा जनता आशावादी हुन नसकेको बताए । निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेकाले दलहरुबीच न्यूनतम सहमति कायम गर्न उनले सुझाव दिए ।












