काठमाडौं । हरेक गुण्डाले राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएको कुरा छिपेको छैन । एमालेको संरक्षण पाएका दिनेश अधिकारी उर्फ चरी र कांग्रेसको संरक्षण पाएका कुमार घैंटेलाई दोहोरो झडमा मार्ने प्रहरी जसवन्तको हकमा भने उदार देखिएको छ । उनी कुन दलको संरक्षणका गुण्डा हुन् भन्ने कुरा तत्काल लुकाइए पनि मृत्युको मुखमा पर्याउने गरी प्रहरीले गोली नठोक्नुलाई गम्भीर विश्लेषण गर्न थालिएको छ । हप्ता उठाउने र नदिए कुटपिट गर्ने जसवन्तलाई पक्रिन गएको प्रहरीलाई नै उनले आक्रमण गर्दा समेत प्रहरी संयमित बन्यो र कम्मरभन्दा तल गोली ठोक्यो । प्रहरीको यो संयममता प्रशंनीय भए पनि विगतका नजिरको तुलनामा प्रहरी उदार देखिएकोमा प्रश्नहरु भने उठेका छन् । विगतमा गुण्डा नायिकेलाई किन मारियो र यसपल्ट किन संयमता अपनाइयो भन्ने विषयमा रहस्यको खोजी पनि भैरहेको छ ।
२१ वर्षीय राईलाई स्थानीय व्यापारी र नागरिकमाथि ज्यादती गरेको भन्दै पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानिएको महानगरीय अपराध महाशाखा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सर्वेन्द्र खनालले जानकारी दिएका छन् ।

राईले कालीमाटी, कलंकी, फाफल लगायता स्थानमा होटल, पसल संचालकहरुलाई पैंसा माग्ने, उधारो माग्ने, पैंसा नतिर्ने र पैंसा मागे ज्यानमार्ने धम्की दिन तथा कुटपीट गर्ने लगायतका ज्यादती गरेर सताउने गरेको गुनासो आएपछि पक्राउ अभियान चलाएको खनालले बताए ।
राई वाफलका वासिन्दा हुन्, खनाले भने, ‘विभिन्न क्षेत्रमा होटलमा केटी ल्याउने, राति सुत्ने विहान पैंसा मागे ज्यानमार्ने धम्की दिने र कुटपीट गर्ने गरेको गुनासो थुप्रै आएको छ । स्थानीयलाई हैरानी दिइरहेको थियो ।’ विहीबार दिउँसो बिजुली वजारमा पक्रिन खोज्दा प्रहरीमाथि नै रड हानेपछि उनलाई घुँडाभन्दा मुनिको भागमा गोली हानिएको हो । खुट्टामा दुई वटा गोली लागेको उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गुरुङले डेढ वर्षको अवधिमा थुप्रै अपराध गरेको र त्यसअघिको विवरण अझै खोजिरहेको एसएसपी खनालले जानकारी दिए । राईविरुद्ध ३ वटा ज्यान मार्ने उद्योग र ४–५ वटा सार्वजनिक अपराधको मुद्दा छन्, खनालले थपे, ‘यो डेढ वर्षको अवधिको मोटामोटी घटनाक्रमको विवरण हो ।’ राई सार्वजनिक अपराधमा प्रहरीको फरार सूचीमा रहेका थिए । उनले आफुलाई पूर्ण गुरुङ भन्दै ठगी गर्ने गरेका थिए ।











