७ असार, नुवाकोट । गत वर्षको विनाशकारी भूकम्पले ठूलो क्षति पुर्याएको नुवाकोटमा फेरि आज विहान भूकम्प गएको छ । नुवाकोट केन्द्रविन्दु भएर मंगलबार बिहान ४।४ रेक्टर स्केलको भूकम्प गएको हो । ठूलो भूकम्प गएको केही महिनासम्म मात्रै परकम्प जाने भूगर्भविद्हरुले बताउने गरे पनि एक वर्षभन्दा बढी समयसम्म सानातिना भूकम्पका झट्का आइरहेका छन् ।
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ३७ मिनेटमा खानीगाउँ र हल्देकालिका आसपासका क्षेत्र केन्द्र बनाएर उक्त पराकम्प गएको हो । गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि ४ रेक्टर स्केल वा त्यसमाथिका ४६२ पराकम्पन गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।













