६ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर अहिलेसम्म १२ नेपालीको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले मत्यु हुनेको नाम समेत सार्वजनिक गरेको छ । आक्रमणमा मृत्यु हुनेमा सुनसरीका अकुल तामाङ , काठमाडौका चन्द्रबहादुर रानामगर ,हरिबहादुर बडवाल क्षेत्री, विदुरबहादुर सुवेदी क्षेत्री रहेका छन् । त्यस्तै लमजुङका अमृतबहादुर थापा, स्याङ्जाका सुपबहादुर गुरुङ रहेका छन् भने नुवाकोटका डम्बरबहादुर तामाङ , मधुसुदन कोइराला , लिलबहादुर गुरुङ रहेका छन् । त्यस्तै पर्वतका नवीनसिंह क्षेत्री , चितवनका कृष्णबहादुर ढुंगाना र को आक्रमणमा मृत्यु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।
घाइतेको उद्धार भई उपचार भइरहेको जानकारी जानकारी समेत पौड्याले दिए । मृतकको शव जतिसक्दो छिटो ल्याउने र घाइते भएका ५ नेपालीको उपचारमा तिव्रता दिने कार्य भइरहको मन्त्रालयले जनाएको छ । घटनाको विस्तृत विवरणसहित नेपालीलाई लक्षित गरी गरिएको आक्रमणको कारण समेत खोजी गर्ने निर्णय भएको उनको भनाइ थियो ।
घटना लगतै पाकिस्तानका लागी नेपाली राजदूतको टोली काबुल जान निर्देशन दिइसकेको परराष्ट्रले जनाएको छ । स्थानीय समय अनुसार सोमबार बिहान ५ बजेर ४० मिनेट जाँदा घात लगाएर बसेका तालिबानी आत्मघातीले उनीहरु सवार बसमाथि आक्रमण गरेका थिए । तालिबान प्रवक्ता जबिउल्ला मुजाहिदले उक्त घटनाको जिम्मेवारी लिइसकेका छन् ।












