६ असार, सिराहा । द्वन्द्वकालमा हत्या भएका सिराहाका कांग्रेस नेता चन्द्रनारायण यादवको सम्झना गरिएको छ । आइतबार सिराहामा एक कार्यक्रम गरी चन्द्रनारायणको स्मृति दिवस मनाइएको हो । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी थिए । स्मृतिसभालाई सम्बोधन गर्दै नेता पौडेलले मधेसमा नेपाली कांग्रेसलाई बलियो बनाउन चन्द्रनारायणको अतुलतीय योगदान रहेको उल्लेख गरे ।
चन्द्रनारायणको हत्या २०५७ सालमा भएको थियो । पति चन्द्रनारायणको हत्यापछि राजनीतिमा लागेकी सितादेवी यादव अहिले नेपाली कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष छिन् ।















