३ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीका हस्यौली गर्ने शैलीमा पनि समसामयिक परिवर्तन भएको छ । पाइपबाट ग्यास, नेपालकै पानी जहाज, रेल तत्कालै व्यवस्था गर्ने मात्रै होइन एक वर्षमै लोडसेडिङको अन्त्य गर्ने ओलीको उखान गर्ने बोली फेरिएको छ । प्रधानमन्त्री बनेको एक वर्ष पुग्न लाग्दा पनि आफैंले बाचा गरेअनुसार लोडसेडिङ अन्त्य नहुने भएपछि विरोधीको मायाले विकास नगरेको भन्न थालेका छन् ।
शुक्रबार पेशागत महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सरकारले विकासको कुरा गर्दा धेरैको सातो गएको भन्दै कार्यान्वयनमा जाँदा बेहोस नै हुने डर रहेको बताए । विरोधीहरु बेहोस् नै हुने भएकोले आफूले तत्काल विकास नगरेको उनको आशय थियो ।
प्रधानमन्त्री ओलीले हावा र पानीको सदुपयोग गरौं, घरघरमा ग्यासको पाइप पुर्याऔं भन्दा विरोध भएको दावी समेत गरे ।
सरकार परिर्वतनको बहस चलेको भन्दै उनले यो सरकार संघीय संसदको चुनाव नहुँदासम्म रहने दावी गरे । संविधान कार्यान्वयको तालिकाले सरकारलाई भरथेग गर्ने उनको विश्वास थियो ।
यो पनि पढ्नुहोस् – अन्ततः घुँडा टेक्यो कांग्रेसले, ठूलो भाग पाएपछि सबै मिल्यो












