समस्याका बीचमै सरकारसँग सात बुँदे शर्त
३ असार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रधानमन्त्रीको अस्तित्व नै नामेट पार्न खोजेपछि मोर्चा फेरि सक्रिय हुँदै विहीबार सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । मोर्चाको विहीबार बसेको बैठकले सरकारको पत्रको जवाफ पठाउँदै वार्ताका लागि सरकारसमक्ष सातबुँदे शर्त राखेको हो ।
मधेसी मोर्चाको बिहीबार बसेको बैठकले वार्ताको आहृवान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३० गते पठाएको पत्रको जवाफ पठाएको छ ।
मधेसी मोर्चाले राखेको ११ बुँदे संघीय गठवन्धनको २६ बुँदे मागबारे सरकारको प्रष्ट धारणा नआएको भन्दै मधेसी मोर्चाले सरकारमाथि वार्ताबाट समस्या समाधान गर्न नचाहेको आरोप लगाएको छ ।
आन्दोलनरत दलका नेता कार्यकर्तामाथि झूठा मुद्दा लगाउने, धरपकड र यातना दिने जस्ता काम भइरहेको भन्दै उसले सरकारले वातावरण नबनाएसम्म वार्ताको औचित्य नहुने बताएको छ । पत्रमा भनिएको छ, परिणाममुखी र सार्थक वार्ताका निम्ति उपयुक्त वातावरण तयार गर्न सरकारले जिम्मेवारी पुरा नगरुञ्जेल सरकार सम्वाद र सहमतिका निम्ति गम्भिर रहेको मान्न सकिन्न ।’
मधेसी मोर्चाले वार्ताको वातावरण बनाउन सरकारसमक्ष सातबुँदे शर्त राखेको छ । जसमा विगतमा भएको २२ र ८ बुँदे कार्यान्वयन, संविधान पुनर्लेखनका लागि सरकार तयार हुनु पर्ने लगायतका छन् ।
उसले आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नु पर्ने, घाइते भएकाहरुको उपचार खर्च व्यहोर्नु पर्ने, उच्चस्तरीय न्यायीक छानविन आयोग गठन गर्नु पर्ने र पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्नु पर्ने शर्तं राखेको छ ।
मधेसी मोर्चाले आफूसहित सम्मिलित संघीय गठवन्धन आन्दोलनमा रहेको भन्दै उसलाई पनि वार्तामा बोलाउनु पर्ने माग गरेको छ ।
मोर्चाको यो निर्णयले सरकार र जनता फेरि अन्योलमा परेका छन् । दुई दिनअघिसम्म संघीय गठबन्धनलाई नै सम्बोधन गरेर पत्र आउनुपर्ने बताउने र फेरि भारतीय गुप्तचर संस्थामार्फत मोर्चाको अस्तित्व उपेन्द्र यादवले नामेट पार्न खोजेको निर्देशन आएपछि महन्थ ठाकुर सक्रिय हुने कार्य शंकास्पद छ । स्मरणीय छ मधेसी दलहरु विभिन्न टुक्रामा विभाजित भएपछि गोर्खाल्याण्ड आन्दोलनका शक्ति गोरखा राष्ट्रिय मुक्ति मोर्चा बनाएर लडेजस्तै मधेसी मोर्चा बनाउन रअ ले नै निर्देशन दिएको थियो । र, त्यही निर्देशनवमोजिम विभाजित मधेसी दल मधेसी मोर्चा गठन गरेर एक ठाउँमा आएका थिए । तर पछि मात्रै समावेश गरिएका उपेन्द्र यादवले मोर्चाको शक्ति चीनको रुचिमा लग्न खोजेपछि आन्दोलनरत दलहरु रुमल्लिइरहेका छन् ।












