३२ जेठ, भक्तपुर । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले युवालाई विदेश जान नपर्ने गरी रोजगारी दिने र देशभित्रै दश स्थानमा पेट्रोलियम पदार्थको उत्खनन गर्ने आश्वासन दिएका छन् । रफत सञ्चार क्लब भक्तपुरेले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले देशको प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी सबै युवालाई रोजगारी दिइने बताए ।
उनले आगामी दश वर्षभित्र सबै युवा जनशक्तिलाई रोजगारी दिएर युवा जनशक्ति विदेसिन रोक्दै यहाँका युवाले बनाएका सामान विदेश निर्यात गरिने बताए ।
दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खननसँगै नेपालको १० स्थानमा पेट्रोलियम पदार्थको उत्खनन जारी रहेको जानकारी उनले दिए।














