३१ जेठ, काठमाडौं । कुनै समय एकैसाथ जनयुद्ध लडेका सहयात्री नेत्रविक्रम चन्द (विप्लव) र शक्तिबहादुर वस्नेत (सुरेश सिंह) अब वर्ग शत्रु भएका छन् । जनयुद्धकालमा सुरेश सिंहका नामले चिनिने शक्तिबहादुर बस्नेत गृहमन्त्री बनेका छन् भने विप्लव फेरि विद्रोह गर्ने भन्दै विध्वंशतिर लागेका छन् । विद्रोहतिर लागेका विप्लवलाई सिध्याउनका लागि हिजोका सहयात्री सुरेश सिंहले उनको दलको गतिविधिलाई उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेसन र वर्ल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कडा कारबाही गर्न निर्देशन दिएका हुन् ।
उनले एनसेलको बेस स्टेसन र वर्ल्ड भिजनको कार्यलय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिए। ‘तोडफोड र आगजनी गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जोकोही व्यक्ति वा समूह भए पनि उम्कन पाउने छैनन्। पक्राउ गरेर कानुनी दायरामा ल्याउनुहोस्’, सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले दिएको निर्देशन उदृत गर्दै गृहका प्रवक्ता यादवराज कोइरालाले भने।
प्रहरी प्रधान कार्यालयले शनिवार देशभरका प्रहरी कार्यालयलार्इ ‘विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता र उनीहरुका गतिविधिलार्इ विशेष निगरानी गर्नुु’ भन्दै परिपत्र पनि गरेको छ।

![;+;b a}7s– dGqL a:g]t /fi6«klt ljBfb]jL e08f/LnfO{ hgsk'/sf] hfgsL dlGb/df ul/Psf] b'Jojxf/sf af/]df ;+;bdf hjfkm lbFb} u[x dGqL zlQm a:g]t . tl:a/ M /Tg >]i7, /f;;](https://nepaldesh.com/wp-content/uploads/2016/06/Biplab-and-Shakti-Basnet.jpg)










