२८ जेठ, चितवन । नेपाललाई धर्म निरपेक्षता घोषणा गरेको परिणाम देशभर देखिन थालेको छ । युरोपियन युनियनको योजनामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछि यसको असर देशभर देखिन थालेको छ । त्यसको प्रमुख परिणामका रुपमा हिन्दूहरुले गौमाता भनेर पूजा गर्ने गाईको हत्या हुने घटना अनियन्त्रित रुपमा बढेका छन् । हिन्दू धर्ममा गौहत्यालाई ठूलो अपराध मानिन्छ । पछिल्लो समय हिन्दू वर्चश्व रहेको चितवनमा गाई प्रजातिअन्तर्गत गोरु काटिएको घटना सार्वजनिक भएको छ ।
चितवनको माडीमा राष्ट्रिय जनावर गाई काटेको विरोध भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । राष्टिय जनावर गाई प्रजातिको गोरु काटेको आरोपमा माडी ३ की सुनिता नेपाली, माडी ४ का १६ वर्षीय सागर नेपाली, सोही ठाउँका १९ वर्षीय शिव नेपाली, माडी ४ का २५ वर्षका जीवन नेपाली र माडीकै ४५ वर्षीया कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन्। माडीको चितापुल नजिकै सिसौ घारीमा काटेर फ्याँकेको गोरु फेला परेको थिए । अनुसन्धानका क्रममा गोरु काट्ने कार्यमा उनीहरु संलग्न रहेको अनुसन्धानबाट खुलेसँगै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याईएको छ । पक्राउ परेकाहरुलाई गौ वध ऐन अन्तरगत मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गोरुलाई रटेर रगत र दुई फिला लगेको प्रहरीले जनाएको छ ।












