२५ जेठ, बारा । सेवाग्राहीको कामको विषयलाई लिएर विवाद बढेपछि जिल्ला अदालत बाराका कर्मचारी र वकिलबीच सोमबार अदालतभित्रै कुटाकुट भएको छ।
जिल्ला अदालतको मुद्दा फाँटका सुब्बा अरविन्द महतो र अधिवक्ता नागेन्द्र राउतबीच कुटाकुट भएको हो।
सेवाका लागि अदालतमा पुगेका सेवाग्राहीको काम गर्न आलटाल गर्ने गरेको भन्दै अधिवक्ता राउतले जंगिएपछि सुब्बा र महतोबीच अदालतमै चर्काचर्की भएको थियो ।
उनीहरुबीच चर्काचर्की मात्र भएन स्थिति कुटाकुटसम्म पुग्यो । सेवाग्राहीको काममा किन ढिलासुस्ती गरेको भन्दै अधिवक्ता राउतले तेर्साएको प्रश्नमा सुब्बा राउत झर्किन थालेपछि विवाद बढेको थियो।
विवाद बढ्दै गएपछि उनीहरुबीच अदालतभित्रै कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन्। दुई जनाबीच कुटाकुट हुन थालेपछि अदालतको अवस्था केहीबेर तनावपूर्ण बनेको थियो।
सेवाका लागि पुगेका सेवाग्राही उनीहरुबीचको कुटाकुटको रमिते बनिरहेका थिए। दुई जनाबीच कुटाकुट भएपछि प्रहरीले उनीहरुलाई रोकेको थिए।
कर्मचारी र वकिलको विवादलाई जिल्ला न्यायधिश भोजराज शर्मा बसेर टुंङ्थ्याएका थिए। कुटाकुटबाट दुवैजनालाई सामान्य चोट लागेको छ।











