२३ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको स्थाीय कमिटीमा नेता माधव नेपाल र झलनाथ खनालले भारतीय हतियार बनेर आफू नेतृत्वको सरकार ढाल्न लागेको भनी आलोचना गरको समाचारले ओली अत्तालिएका छन् । भारत र अमेरिकाका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आइतबार बसेको एमाले स्थायी समिति बैठकबाट नै ओलीले भत्र्सना प्रस्ताव पारित गराए । ओलीले नेता नेपाल र खनाल भारतीय हतियार बनेर आफू नेतृत्वको सरकार ढाल्न लागेको भन्दै व्यङ्ग्य गरेका थिए । यस विषयमा नेता नेपाल र खनाल पक्षधरले ओलीलाई र्याखर्याख्ती पारेपछि आइतबार स्थायी कमिटीले नै समाचारप्रति खेद प्रकट गरेर चोखिने काम गरेको छ । तर गलत समाचार छापेको भए कारवाही प्रक्रिया अगाडि बढाउने प्रक्रिया हुँदाहुँदै खेद प्रकट गरेर ओलीले आफूलाई चोख्याउने काम गरेका हुन् । उनले मिडियालाई गाली त गरे तर आफूले नबोलेको भन्ने कुरा चाहिँ स्पष्ट पार्न नचाहेको यो प्रष्टिकरणबाट स्पष्ट भएको छ ।
बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा स्थायी कमिटीको शनिबारको बैठकमा सञ्चारमाध्यममा चर्चा गरिए झैँ प्रधानमन्त्रीले त्यस्ता कुनै अभिव्यक्ति नदिएको र त्यस्तो कुनै निर्णय नभएको उल्लेख छ ।
स्थायी समितिको अर्को बैठक सोमबार अपराह्न ३ बजे पुनः बस्ने भएको छ।












