१९ जेठ काठमाडौं । भगवान बुद्धको अहिंसाको दर्शन प्रचार गर्ने बौद्ध गुम्बाबाट नै हिंसा र तस्करीको कार्य गर्ने कुरा कसैले सोच्न नसक्ने कुरा हो । तर, विडम्बना यस्तै भएको छ । अहिंसाको प्रचार गर्ने बौद्ध गुम्बामै कलिला शिशुको हत्या गरी उनीहरुको छाला तस्करी भएको तथ्य फेला परेको छ । यस्तो कार्य गर्ने व्यक्ति सोही गुम्बाका बौद्ध भिक्षु रहेको खुलासा भएको छ ।
यो तथ्य हो बौद्ध धर्म र दर्शनका लागि प्रख्यात देश थाईल्याण्डको । त्यहाँको एक बौद्ध गुम्बा परिसरबाट ४० वटा बाघका डमरूको शव प्रहरीले वरामद गरेको हो ।
बौद्ध गुम्बा परिसरमा रहेको फ्रिजरबाट प्रहरीले बाघका डमरूका शव बरामद गरेको बिबीसीले जनाएको छ।
यसैबीच स्थानीय प्रशासनले त्यहाँबाट बाघलाई हटाउन सुरू गरेको छ।
वन विभागका अधिकारीहरूले बौद्ध मन्दिरसँगको सहकार्यमा बाघलाई मन्दिरपरिसरबाट हटाउन सुरू गरेका छन्।
मन्दिरमाथि बाघसहित अन्य वन्यजन्तुको तस्करी गरेको आरोप लागेकाले परिसरमा रहेका बाघ हटाउन सुरू गरेको हो।
कञ्चनाबुरी प्रान्तमा रहेको बौद्ध मन्दिर परिसरका १३७ बाघमध्ये अहिलेसम्म तीन वटा बाघ हटाएको हो। पुरै बाघ हटाउन एक हजार कर्मचारीलाई करिब एक साता लाग्ने अधिकारीहरूले जनाएका छन्।
बौद्ध भिक्षुले यस आरोपबारे विरोध गर्दै बाघ हटाउन मानेका थिएनन्। तर अदालतले बाघ हटाउन फैसला गरेपछि हटाउन सुरू गरिएको हो।
त्यहाँबाट हटाइएका बाघलाई सुरक्षित स्थानमा लगिने अधिकारीहरूले जनाएका छन्।
थाइल्याण्डमा ‘वाट फाँ लुआङ बुआ’ नाम गरेको यो बाघ मन्दिर पर्यटकीय स्थलमध्येमा पर्छ।
यसैबीच पर्यटकीय आकर्षणको केन्द्र रहेको यस मन्दिरका कर्मचारीहरू बाघ हटाउने निर्णयको विरोध गरेका छन्।
यहाँ पर्यटककले केही शुल्क तिरेर बाघलाई खाना समेत खुवाउन सक्ने थिए। यस्तै बाघसँग फोटोसमेत खिच्न पाउने थिए।
‘म हरेक दिन मन्दिरलाई बाघ हटाउनका लागि सहयोगको अपिल गर्थे, तर मन्दिरले मानेको थिएन। यसपटक अदालतको सहारामा बाघ निकाल्न लागिएको हो,’ राष्ट्रिय उद्यान विभाग थाइल्याण्डका उपमहानिर्देशक अदिसार्न नुचडैमराँगले समाचार संस्था एफएपीलाई भने।
बौद्ध भिक्षुले मन्दिर परिसरमा बाघको गैरकानुनी प्रजनन गराएर जनवारको तस्करी गरेको अभियोग प्रहरीले लगाएको छ ।
फेब्रुअरी २०१५ मा प्रहरीले छापा मारेर सो गुम्बा परिसरबा बाघसहित भालु, सियार, धनेशसमेत राखिएको पत्ता लगाएको थियो।













