१९ जेठ, काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्या काण्डको डेढ दशक पुगेको छ । तर हत्याको रहस्य भने अहिलेसम्म रहस्यकै गर्भमा रहेको छ । राजा वीरेन्द्रलाई संयमित र प्रिय राजाका रुपमा गणतन्त्रवादीहरुले समेत सम्झना गर्दै आएका छन् ।
२०५८ जेठ १९ गते राति नारायणहिटीमा राजा वीरेन्द्र र उनका परिवारको हत्या भएको थियो । हत्याको अभियोग उनैका जेठा छोरा दीपेन्द्रलाई लगाइए पनि त्यसको पुष्टि हुन सकेको छैन । आलोचना गर्नेहरुले भने त्यसपछि राजगद्दी सम्हालेका ज्ञानेन्द्रमाथि औंला ठड्याउँदै आएका छन् ।
हत्याराको पत्ता नलागे पनि नेपालीहरुले राजा वीरेन्द्रलाई विभिन्न रुपले सम्झना गरिरहेका छन् । यसै सन्दर्भमा वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीले वीरेन्द्रको सम्झनामा गीत रेकर्ड गरेर सार्वजनिक गरेका छन् । मंजिल शर्माका शब्दमा भूपेन्द्रले संगीत दिएका हुन् भने केही कलाकारहरुले सामूहिक स्वर दिएका छन् ।
यस्तो छ वीरेन्द्रको सम्झनामा तयार पारिएको गीत












