१२ जेठ, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट–११ मा विहीबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घाइतेमध्ये सल्यान सारदानगरपालीका २ की २ वर्षीया बालिका ममी गिरीको उपचारको क्रमममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जसमध्ये दुई जना महिलाको सनाखत भएको छ भने दुई जना पुरुषको सनाखत हुन बाँकी छ । सनाखत हुनेहरुमा सल्यान हुचा ९की ४५ वर्षीया सितली कुवँरले र सोही स्थानकी ३५ वर्षीया दिल्ली कुवँरको सनाखत रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
सल्यानबाट काठमाण्डौका जाँदै गरेको बा २ क ११३७ नम्बरको मिनी ट्रक गैंडाकोट ११ हर्कपुरमा अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी अन्य १५ जना घाईते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।













