२ वर्षमा आफ्नै देशमा उत्पादित पेट्रोल प्रयोग हुन्छ
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई हरेक दिन आश्चर्य लाग्दा आश्वासनका भाषण दिइरहेका छन् । नेपालले आफ्नै पानी जहाज चलाउने भाषण गरेको पर्सीपल्ट विहीबार ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने भाषण सुनाए । आफ्नो भाषणलाई जनताले उडाएकोमा ओलीलाई रिस पनि उठेको रहेछ । उनले आक्रोश पनि पोखे । भाषणसँगै उनले पत्रकार र वुद्धिजीवीले सपना देख्न पनि नदिएको उल्लेख गरे । आफूले असल काम सुरु गर्ने कुरा गर्दा तत्कालै तत्कालै नभएको भनेर नर्सरीमा पढ्न थालेको बालकले तत्कालै विद्यावारिधि नगरेको भन्ने किसिमको सोच कथित बुद्धिजीवीले गर्ने गरेको दुखेसो ओलीले पोखे ।
प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको बिहीबार काठमाडौमा उद्घाटन गर्दै उनले नेपालले लामो समय दक्षिणी छिमेकीको तेल प्रयोग गरेको र उत्तरी छिमेकीको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको दोहोर्याए ।
ओलीले पेट्रोलको आश्वासन मात्र दिएनन् वार्षिक दश अर्ब आय हुने फलाम खानी संचालन गर्ने कुरा गर्ने । नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी १० अर्ब रुपैयाँ आय हुने फलाम खानीसमेत फेला पारिसकेको उल्लेख गरे । तर नेपालमा फलाम खानी रहेको, पेट्रोल खानी रहेको पहिल नै अनुसन्धान भएको कुरा भने ओलीलाई थाहै रहेनछ ।












