४ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियसिपमा नामिवियाविरुद्ध भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । टस जितेर व्याटिङ गरेको नामिबियाले नेपालविरुद्ध ९ विकेट क्षतिमा पूरा ओभर खेलेर १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी व्याटिङमा उत्रिएको नेपालले १७ बल बाँकी छदै लक्ष्य भेट्टायो । नेपालको लागि शरद भेषावकर र बिनोद भण्डारीले ९० रनको पार्टनरसिप खेल्दै जित निकालेका हुन् ।
९९ बल सामना गरेका भेषावकरले ५० र ४९ बल खेलेका भण्डारीले ४० रन बनाए ।
नेपालको लागि ओपनर ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काले समान २१ रन बनाएका थिए । नरेश बुढाऐरले १६ रन बनाए ।
पहिलो इनिङमा नेपालको लागि बसन्त रेग्मीले ३, सोमपाल कामीले २, पारस खड्का र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए ।












