४ वैशाख, काठमाडौं । मधेस आन्दोलनका नाउँमा आन्दोलनकारीले आफ्नो सिराहाको घर जलाइदिएर घरवार विहीन बनेको मधेसी युवा सुवासचन्द्र यादवले जनताका छोरोछोरीको हत्या गर्ने आन्दोलन छाडेर संसद केन्द्रित आन्दोलन गर्न असन्तुष्ट दलहरुलाई आग्रह गरेका छन् । नेपाल वान टेलिभिजनको कार्यक्रम न्युज मेकर्समा कुराकानी गर्दै कांग्रेसका युवा नेता यादवले मधेसमा भएको आन्दोलनमा कुनै नेताका छोराछोरी नमरेको र केवल जनताका छोराछोरीलाई मार्ने काम भएको भन्दै भोटको राजनीति गर्ने नेताहरुले व्यवस्थापिका संसदमा आत्मदाह गर्ने आन्दोलन गरेर देखाउन चुनौति दिए ।
नेपाली बाबु र भारतबाट विहे गरेर आएकी आमाबाट जन्मेको सन्तानका हकमा नयाँ संविधानले विभेद गरेको भन्ने मधेसी दलहरुको भनाइ लज्जास्पद भएको यादवले बताए । आफू स्वयम् नेपाल नेपाली पुरुष र भारतबाट विहे गरेर आएकी नारीको सन्तान भएको उल्लेख गर्दै यादवले नयाँ संविधानले आफूलाई कुनै विभेद नगरेको बताए । मधेसी दलको कुरा सत्य हो असत्य भन्ने कुरै नगरौँ यो त भन्न समेत लाज लाग्ने कुरा भएको र संविधान पढ्ने सबैलाई छर्लङ भएको उनको भनाइ छ ।
प्रस्तुत छ उनको अन्तरवार्ताको पूर्ण अंश :












