१४ चैत, काठमाडौं । काठमाडौंको शान्तिनगरमा आइतबार राति भिषण आगलागी भएको छ । आगलागीका कारण वागमती नदी किनारको सुकुम्बासी वस्तीका दर्जनौं घर टहराहरु जलेर नष्ट भएका छन् । राति १० बजे आगलागी भएको थियो । आगलागी भएलगत्तै ग्यासका तीन वटा सिलिण्डर पडकिएको आवाज परपरसम्म सुनिएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
आगलागी हुनेवित्तिकै प्रहरीले वारुणयन्त्रलाईलाई खबर गरेको थियो । केहीवेरमा जुद्ध वारुण यन्त्र, नेपाली सेना, ललितपुर र भक्तपुरका ५ दमकल र दुई वटा ट्याङ्कर आगो निभाउन पुगेका थिए । आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो ।












