१ चैत, काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फका आरक्षित कोटोमा देउवा र पौडेलका बराबर सदस्य निर्वाचित भएका छन् ।
हरेक प्रदेशबाट २/२ जनाको दरले निर्वाचित १४ जना केन्द्रीय सदस्यहरुमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलका बराबर ७/७ जना निर्वाचित भएका छन् । तर, पहिलो नम्बरमा पौडेल प्यानलका उम्मेदवारहरु छन् ।
प्रदेश नम्बर एकबाट गुरुराज घिमिरे र भिष्मराज आङदम्बे, दुई नम्बर प्रदेशबाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् ।
यसैगरी तीन नम्बर प्रदेशबाट नवीन्द्रराज जोशी र मोहनबहादुर वस्नेत, चार नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्र पाण्डे, पाँच नम्बर प्रदेशबाट दिपक गिरी र देवेन्द्रराज कँडेल निर्वाचित भएका छन् ।
यस्तै ६ नम्बर प्रदेशबाट हृदयराम थामी र जीवनबहादुर शाही तथा सात नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद वडु र वीरबहादुर बलायर निर्वाचित भएका छन् ।












