प्रधानमन्त्री केपी ओली चढेको हेलिकोप्टर हावाहुरिले उडाएपछि समस्या परेको छ । शनिबार हेलिकोप्टरमार्फत वर्दियाको राजापुर जाँदै गर्दा बाटैमा हावाहुरिले हेलिकोप्टर उडाएपछि समस्या परेको हो। हावाहुरिले जोखिम निम्त्याएपछि प्रधानमन्त्री चढेको हेलिकोप्टर आकस्मिक रुपमा भैरहवामा अवतरण गरिएको थियो ।

बर्दियाका लागि उडेको प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा अवतरण गराइयो । प्रधानमन्त्री ओली बर्दियाको राजपूरमा सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन हेलिकप्टर चढेर त्यता जाँदै थिए ।
बर्दिया पुग्न नसकेपनि प्रधानमन्त्रीले टेलिफोनबाटै बर्दियाको सभालाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीले भैरहवामा अवतरण गरेर ओलीले मोबाइलमार्फत नै वर्दियाको कार्यक्रमलाई सम्बोधन गरेका थिए । बर्दिया जिल्लाका कृषि सहकारी संस्थाहरुलाई साना किसान विकास बैंकमा आवद्ध गराएर व्यवस्थापन हस्तान्तरण गर्ने कार्यक्रमलाई ओलीले भैरवहाबाट मोबाइल फोनमार्फत सम्बोधन गरेका हुन् ।











