२५ फागुन, सिराहा । सिरहाको मिर्चैया नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित एक यूवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० महेशपुर का २३ बर्षिय मोहम्मद सलाम रहेका छन् ।
सलामलाई विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यलय मिर्चैयाबाट डिएसपी संयम चौधरीको कमान्डमा खटिएको प्रहरी टोलीले सलामलार्ई महेशपुर आफ्नै घरमा बसिरहेको अवस्थामा १ थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो ।
सलामलाइ थप अनुसन्धान भईरहेको मिर्चैया प्रहरीले जनाएको छ । पक्राउ परेका सलाम बिभिन्न अपराधी क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनलाई हात हतियार खरखाजनाअन्तरगत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यलय मिर्चैयाका डिएसपी संयम चौधरीले जानकारी दिए ।











