२२ फागुन, काठमाडौं । अडिटर्सहरुको छाता संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान)ले आगामी जेठ २१ गते चौथो महाधिवेशन गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको एसोसिएसनको केन्द्रीय कार्य समिति बैठकले जेठ २१, २२ र २३ गते चौथो महाधिवेशन गर्ने निर्णय गरेको जानकारी उपमहासचिव डोलप्रसाद दाहालले दिए । महाधिवेशनका लागि सबै जिल्ला र क्षेत्रलाई अधिवेशनका लागि जुटन केन्द्रीय समितिले निर्देशन समेत दिएको छ ।
एसोसिएसनले महाधिवेशन आयोजनका लागि मोहनराज रेग्मीको संयोजकत्वमा २५१ सदस्यीय महाधिवेशन मूल आयोजक समिति समेत गठन गरेको छ ।
६५ जिल्लामा जिल्ला कार्य समिति रहेको एसोसिएनका ६ क्षेत्रीय कार्य समिति छन् । एसोसिएसनको केन्द्रीय कार्य समिति भने ६३ सदस्यीय छ ।

यसैबीच एसोसिएसनको शनिबारको बैठकले नयाँ संविधान जारी भएको प्रशंसा गर्दै कार्यान्वयनको सुनिश्चितता प्रदान गर्न आग्रक गरेको छ । त्यस्तै लेखा व्यावसायीहरुको हकहितका विषयमा सरकारले चाल्नुपर्ने कदमका विषयमा समेत सुझाव दिएको छ ।














