२२,फागुन, काठमाण्डौं । कांग्रेस महामन्त्री पदमा चुनाव लडिरहेका गगन थापालाई हराउन कांग्रेसभित्रै ठूलो चलखेल भएको खुलासा भएको छ । आफूलाई प्रदेश नम्बर ६ का नेता बताउने कांग्रेसी नेताहरुले गगनको बारेमा अनाश्वयक हल्ला फैलाएपछि यस्तो रहस्य खुलेको हो । कतिपय कांग्रेस संस्थापन र देउवा पक्षी नेताले गगनका विरुद्ध प्रचार गरेपछि गगनलाई हराउन यस्तो हर्कत गरिएको वताइएको छ । देउवा पक्षबाट महामन्त्रीकै चुनाव लडिरहेका ससुरा अर्जुनरसिहं केसीको पक्षमा भोट मागेको भन्दै कांग्रेस महाविधेशनस्थलमा व्यापक प्रचार गरिएको छ ।
गगन थापाका सहयोगी सविन मुडघरीका अनुसार गगनलाई हराउन र गगनका विरुद्ध जहिल्यै पनि षड्यन्त्र गर्न एक समूह सक्रिय रहेको र त्यही समुहले अनावश्यक प्रचार गरेको वताए । उनका अनुसार गगन थापा आफै महामन्त्री जित्ने अवस्थामा छन् । केही अनलाइन मिडियाले समेत गगनको बदनाम गराउने योजना बुनेको भन्दै उनले आपत्ती जनाए । एक अनलाइनले सल्यानबाट आएको महाधिबेशन प्रतिनिधिको एक टोली महामन्त्री पदका उम्मेद्धार गगन थापालाई भेट्न उनको निवास पुगेका लेख्दै केशबहादुर बिष्टको नाम जोडेर समाचार लेखेको थियो ।
समाचारमा विष्टको टोलीले गगन थापासंग कसरी जाने भनेर सोध्दा म त्यसै चुनाव लडेको जिताउने त अर्जुननरसिहं केसीलाई हो भन्ने समाचार प्रकाशित गरेको थियो । गगनले उनीहरुलाई आश्वस्त पार्न कांग्रेसको विगत, वर्तमान र भविश्यको कुरा १० मिनेटमा गर्न लगाएको समेत समाचारमा उल्लेख थियो । समाचारका अनुसार गगनले ‘तपाईहरु मेरो अत्यन्त नजिकको साथीहरु हो, हामी जित्दैनौ, कांग्रेस बचाउन शेरबहादुर देउवा र अर्जुननरसिंह केसीलाई भोट दिनुहोस् । महाधिबेशन पछि फेरी भेटौला ।’ समेत भनेका थिए । तर थापाका सहयोगी सविन मुडघरीले यो समाचार सुन्दा आफुहरु पनि चकित भएको बताए । उनका अनुसार सिटौला प्यानलको जित सुनिश्चित छ ।












