१८ फागुन, काठमाडौं । ‘नेपाल एयरलान्सले कवाडीमा राखेका विमानहरु तारा एयरलाइन्सले चलाउने गरेको कुरा बाहिर आएको छ, यदि त्यसो हो भने तारा एयरलाइन्सलाई कारवाही गर्नु पर्दछ’ सोमबार बसेको मन्त्रीपरिषदको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले यतिमात्र के भनेका थिए ‘प्रधानमन्त्री केपी शर्मा ओलीले रिसाउँदै भने ‘हावाका पछाडी लागेर कारवाही गर्ने कुरा हुन्छ, हामीसँग थोरै एयरलाइन्स छैनन् भएकालाई पनि कारवाही गरे कसरी हवाई सेवा सञ्चाल हुन्छ, तपाईहरु यता धेरै ध्यान नदिनुहोस ।’ काष्ठमण्डप एयरको विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटलाई साहसिक सम्मान दिने प्रसंगसँगै तारा एयरलाइन्सलाई कारवाही गर्ने कुरा उठेको थियो । तर प्रधानमन्त्री ओली जति ठुला गम्भिर गल्ति तारा र यति एयरलाइन्सले गरे पनि कारवाही गर्ने पक्षमा छैनन् । यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा ओलीका भित्रिया हुन् ।
उनले एमाले केन्द्रीय कार्यालयका लागि धुम्वाराही स्थित आफ्नो घर दिएका छन् । शेर्पाकै घरबाट एमाले मुख्यालय सञ्चालन भएको छ । ओलीका भित्रिया र एमाले मुख्यालय सञ्चालन गर्न घर दिने शेर्पालाई कारवाही गर्ने प्रस्ताव गृहमन्त्रीबाट आएपछि प्रधानमन्त्री ओली जंगिएका हुन् । ‘मिडियाका पछि लागेर कारवाही गर्ने कुरा हुँदैन, विमान दुर्घटना भए एयरलाइन्सलाई, गाडी दुर्घटना भए ब्यवसाय समितिलाई कारवाही गर्ने कुरा आउँदैन’ ओलीले भने । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्स यति र तारा एयरलाइन्ससँग पुराना र प्राविधकरुपमा कमजोर विमानहरु सञ्चालनमा छन् । प्राबिधिकरुपमा कमजोर विमानमा सुरक्षित यात्रा गर्न नसकिने जनाउँदै यूरोपियन यूनियनले नेपाललाई असुरक्षित देशको उपमा दिएको छ । पाँच बर्षअघि नेपाललाई कालो सुचिमा राख्दै नेपाल भ्रमणमा नजान आफ्ना नागरिकलाई उर्दी नै जारि गरेको थियो । यात्रुको ज्यान जोखिममा पार्ने र नेपाललाई अन्तर्राष्ट्रिय जगतमा बद्नाम गर्ने आङ छिरिङका रक्षा कवज प्रधानमन्त्री ओली बनेका छन् ।
यसैबीच तारा एयरले अन्तर्राष्ट्रिय संचारमाध्यमलाई समेत धम्क्याएको जानकारी प्राप्त भएको छ । तारा एयरबारे समाचार सम्प्रेषण गरेका अन्तर्राष्ट्रिय संचार माध्यमलाई विभिन्न स्रोतबाट चेतावनी दिने गरेको अति गोप्य स्रोतले जानकारी दिएको छ ।












