१७ फागुन, काठमाडौं । कांग्रेसको महाधिवेशनमा संस्थापन समूहबाट महामन्त्री बन्न वार्गेनिङ गरिरहेका नेता डा. रामशरण महतले आफू सभापतिमा उम्मेदवार बन्ने बताएका छन् । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै महतले १३ औ महाधिवेशनमा सहमतिमा सर्वसम्मत रुपमा साझा नेतृत्व चयन नभए आफूले सभापति पदमा उम्मेदवारी दिने उनले बताए । पार्टीमा भाग बण्डा अन्त्य गरेर मुलुकको नेतृत्व दिन सक्ने नेतृत्व चाहिएको भन्दै त्यसका लागि आफू नै सभापतिका लागि उपयुक्त भएको दावी उनले गरे ।
२०४८ पछि नेपालका उद्योग बन्द महत्वपूर्ण भूमिका खेलेका महतले आफुले मुलुकको आर्थिक विकास र सुधारको काम गरेको दावी गरे ।
डा. महतले पार्टीभित्र सहमति भएर एउटा मात्रै उम्मेदवार हुने भए मात्र आफू जुनसुकै पदमा बसेर काम गर्ने बताए ।












