१७ फागुन, दार्चला । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) नेता माधवकुमार नेपालले आगामी वैशाख महिनामा स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त हुने बताएका छन् । नवौँ जिल्ला परिषद्को उद्घाटन गर्न दार्चुला पुगेका नेता नेपालले वैशाखमा निर्वाचन गर्ने गरी सरकारले तयारी थाल्नुपर्ने धारणा व्यक्त गरे ।
मौसमलगायतका कारण वैशाखमा निर्वाचन गराउँदा राम्रो हुने दावी पनि उहाँले गर्नुभयो जनप्रतिनिधि चयन गरेर ग्रामीण बस्तीको सामाजिक, आर्थिक विकासमा लाग्नुपर्नेमा नेता नेपालको जोड थियो ।
कार्यक्रममा दार्चुलाका स्थानीय विकास अधिकारी सहदेव रायमाझीले आगामी आव ०७३/७४ का लागि रु एक अर्ब, ८६ करोड ५५ लाखको अनुमानित बजेट प्रस्तुत गरेका थिए । आगामी योजनामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास बजेटमा प्राथमिकतामा दिइएको छ ।












