१२ फागुन, काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर वुधबार दिउँसो भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा महसुस भएको छ ।
दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५।४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो भूकम्प गत वैशाख १२ कै भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।












