४ फागुन, काठमाडौं । केही मधेसी दलले दिएको पीडा विर्संदै मधेसी जनता आफ्नो नियमित काममा लागेका छन् । लामो समयसम्म मधेसमा आन्दोलनका नाउँमा सरकारी कार्यालय बन्द गर्ने तथा यातायात बन्द गर्ने क्रियाकलापका कारण सर्वसाधारण सास्तीमा रहेका थिए । मधेसी मोर्चाले बन्द फिर्ता लिएसँगै सरकारी कार्यालय खुलेपछि सरकारी कार्यालयहरुमा सेवाग्रहीहरुको भिड लागेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विगत ६ महिनादेखि जारि बन्द स्थगित गरेपछि तराई मधेसका सरकारी कार्यालयहरुमा अहिले सेवाग्रहीहरुकोे भिड लागेको हो ।
लामो समयदेखि आन्दोलनका कारणले थाति राखेको काम सिरहाका सम्पूर्ण कार्यालयहरु आईबारबाट खुलेपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले आन्दोलन चलेका जिल्लामा बन्द अवधिको रकम बन्द खुलेको एक साताभित्र बुझाउँदा ३ प्रतिशत छुट दिने घोषणा गरेको छ । यस्तो घोषणाका कारण विद्युत कार्यालयहरुमा महसल तिर्नेको भिड लाग्ने गरेको छ ।अहिले विद्युत प्राधिकरण वितरणले जिल्लाका सवै केन्द्रहरुबाट बिहान ८ बजेदेखी बेलुका ६ बजेसम्म महसुल बुझ्ने व्यवस्ता मिलाएको छ । प्राधिकरणका अनुसार बन्द अवधीको मात्र आन्दोलन भएका जिल्लामा करिब डढ अर्ब रुपैयाँ महसुल असुल गर्न बाँकी रहेको छ
जिल्लाका मालपोत, नापी, आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय, बिद्युत कार्यालय तथा जिल्ला प्रसासन कार्यालयहरुमा सेबा ग्राहीको बढी भिड लाग्ने गरेको छ ।













