१४ माघ, काठमाडौ । राष्ट्रपति विधादेवी भण्डारीले अबको राजनीति विकासका लागि हुनुपर्ने बताएकी छिन । संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुलाई विहीबार शितल नेपाल भेट गर्दै संविधान संशोधनपछि समस्याको समाधान हुनुपर्नेमा सुतेको वाहना गर्ने केही दलका कारण समस्या सिर्जना भइरहेको प्रतिक्रिया दिइन् ।

संविधान संशोधनपछि पनि अझै समस्या देखिएको बारेमा पत्रकारहरुले राखेको जिज्ञासामा राष्ट्रपति भण्डारीले भनिन् – ‘सुतेकालाई ब्युँझाउन सजिलो हुने तर सुतेको वाहना गर्नेलाई व्यँझाउन सकिँदैन । मैले त संविधान संशोधन भएपछि समस्या समाधान हुने र उठेका विषयहरुको सम्बोधन भएको भन्ने जानकारी पाएकी छु ।’
राष्ट्रपति भण्डारीले निदाएको वाहना गरेकाहरु भनी आन्दोलरत मधेसकेन्द्रित दलतर्फ संकेत गरेकी थिइन् ।












